
बनेपामा मोटरसाइकल दुर्घटना, २ घाइतेमध्ये १ को अवस्था गम्भीर
काभ्रे – काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् ।
घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक बनेपा पुलबजारका २७ बर्षीय श्रीकृष्ण दाहाल छन् । उनको टाउको र घुडामा चोट लागेका बताइएको छ ।
मोटरसाईकलको पछाडी बसेका अन्दाजी ३२÷३३ बर्षीय रामेश्वर बस्नेत टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
बनेपा नगरपालिका वडा नम्बर १० भुमि अस्पताल अगाडी बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ३८ प ४३९९ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आईरहेको सवारीसाधनले ठक्कर दिएको थियो । रातीको समयमा भएकाे दु्र्घटनामा ठक्कर दिने सवारीसाधन खोजी भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
