

नेप्सेको एप नै नक्कली !

काठमाडाैं- प्लेस्टोरमा २०१५ मा सार्वजनिक भएकाे नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एप नै नक्कली रहेको पाइएको छ । उक्त एप एक लाख बढीले डाउन्लोड गरिसकेका छन् ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले प्लेस्टोरमा राखिएको उक्त एप नक्कली रहेको जानकारी दिए । आफूहरुले अहिलेसम्म कुनै एप सञ्चालनमा नल्याएको उनले प्रष्ट पारे ।
प्रयोगकर्ता झुक्किन थालेपछि दुई वर्षअघि नै सूचना निकालेर उक्त एप नक्कली भएको जानकारी दिएको उनले बताए ।

