यहि माघमा बिहे गर्दैछन् देउवापुत्र जयविर, कहाँ हुँदैछ समारोह ?


काठमाडौं– यतिबेला पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवार विवाहको तयारीमा जुटेको छ । शेरबहादुर देउवा र नेत्री आरजु देउवाका एक्ला सुपुत्र जयविर सिंह देउवाको यहि माघमा बिहे हुँदैछ । सोही कारण अहिले देउवा परिवार एकदमै व्यस्त बनेको हाे । जयविरको बिहे माघ २१ गते हुने पक्का भएकाले तयारी जोडतोडका साथ चलिरहेको स्रोतले बताएको छ ।

उमेरले २८ कटिसकेका जयविरले गत जेठ १ गते शिभाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्ट समारोहमा दुवै परिवारका सदस्यहरू उपस्थित थिए । पूर्वराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी तथा सञ्जिव भक्त श्रेष्ठकी कान्छी छोरी सिभाना सौन्दर्य सामग्रीको व्यापारमा छिन् । उनी कभर गायकसमेत हुन् ।

उनीहरू दुवैको चिनजान पहिले नै भएको पारिवारिक स्रोतले बताएको छ । इन्टाग्राममा सक्रिय रहने शिभानाले बेलाबेला दुवैको तस्विर राख्ने गरेकी छिन् ।

कहाँ हुँदैछ समारोह ?
देउवा परिवार अहिले धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र गौतमको घर भाडामा लिएर बस्दै आएको छ ।  बुढानीलकण्ठ निवास मर्मत भइरहेकाले गत वर्ष बालुवाटार छाडेका उनीहरु भाडाको घरमा बस्दै आएका हुन् । अहिले उनको निवास मर्मतको कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

शेरबहादुर देउवाका छोरा जयविरको बिहे पनि सोही निवासमा हुने तय भएको थियो तर मर्मत नसकिए अन्त कुनै होटेलमा बिहे गर्ने योजना रहेको छ । ‘खासमा बिहे घरमै गर्ने योजना छ । तर, त्योबेलासम्म घर मर्मतको काम नसकिए अन्तै बिहे समारोह हुन्छ’ पारिवारिक स्रोतले भन्यो । त्यो अन्तको स्थान भने खुलेकाे छैन ।

प्रतिक्रिया