
इमाडोलमा इनारभित्र खसेकी महिलाको उद्धार
काठमाडौं- ललितपुरको इमाडोलस्थित इनारभित्र खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ ।
दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।
प्रधान इनारमा खसेको भन्ने खबर भएपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको थियो ।



कागजपत्र |
