बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


स्याङ्जा- स्याङ्जामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार बिहान कालीगण्डकी गाउँपालिका– ७ आँधीमुहान ड्यामस्थित भित्री सडकमा बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

जयपतेबाट रिडी जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो। ठक्करपछि बोटेको घटनास्थलमै मृत्यु भएको डिएसपी रानाले बताए।

घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जानएको छ ।

प्रतिक्रिया