

बस दुर्घटनामा साहित्यकार पाण्डेयको मृत्यु

काठमाडौं- समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ ।
नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो ।
उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष थिए। हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।
पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो ।
२०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सकृय थिए । उनका भूमिका र मूल्याङ्कन ९२०५३०, प्रगतिवाद र कविता ९२०५६०, देवकोटाको व्यङ्ग्य व्यक्तित्व ९२०५८०, अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध ९२०६७०, अर्थको आनन्द ९२०६८०, समय र सिर्जना ९२०६८० जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए ।

