पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छः रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताएका छन् ।

राप्रपाले शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी लामिछानले राष्ट्र निर्माता शाहको योगदानलाई सबैले सम्मान गर्नुपर्ने औंल्याए ।

‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राखेर सबैको साझा बनाउनुपर्छ’, सभापति लामिछानेले भने, ‘राजनीतिक दलहरुबीच मतभेद रहे पनि चियापान कार्यक्रमले भेटभावका साथै सद्भावको वातावरण बनाउँछ ।’

उनले राष्ट्र निर्माताप्रति सम्मान प्रकट गर्न पनि चियापान कार्यक्रममा आएको जिकिर गरे ।

 

प्रतिक्रिया