
कसले राख्यो जंगलको ओढारमा नवजात शिशु ?
इलाम– इलामको माईजोगमाई गाउपालिका– ३ स्थित जंगलमा रहेको ढुंगाको ओडारमा एक बेवारिसे नवजात शिशु फेला परेका छन् ।
हिजो(बिहीबार) साँझ घाँस दाउरा गर्ने क्रममा स्थानीय होमबहादुर राना र आशीष देवानले बच्चा रोएको आवाज सुनेपछि गएर हेर्दा शिशु फेला परेको हो ।
शिशु भेटिएको ठाउँमा कपडा र बट्टामा दूध भेटिएको थियो । शिशु भेटिएपछि उनीहरुले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।
प्रहरी र जनप्रतिनिधिको रोहबरमा उक्त शिशुलाई स्थानीयले संरक्षणमा राखेका छन् । उनलाई कसले त्यहाँ लगेर छाड्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
