


रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ ।
भेटमा लामिछानेले चिनियाँ ठेकदारले विस्तार गरिरहेको नारायणगढ–बुटवल सडकखण्डको दुरावस्थाबारे ध्यानाकर्षण गराएको र राजदूतले सोङले आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको रास्वपाले जनाएको छ ।
पार्टी कार्यालय वनस्थलीमा भएको भेटमा सभापति लामिछानेसँगै प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र प्रतिनिधि सभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता थियो ।

