

प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं — सत्ता गठबन्धनका दलहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पूर्व तयारी छलफलका लागि बैठक बोलाएको जनाइएको छ ।
गठबन्धनका दलहरुबीच अन्तर पार्टी समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठक ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारीको मनोनयन भइसकेको छ । गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

