अझै उठेन बरहथवाको घटनस्थलबाट जयशंकरको शव


सर्लाही – सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव अझै उठ्न सकेको छैन । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा स्थानीय जयशंकर साहको शव अझै पनि घटनास्थलबाट नउठेको हो ।

बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो ।

शनिबार नै गृहमन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।

शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि भएको थियो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागितामा भएको छलफल विना निष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया