धरान उत्सव उद्घाटनमा पुगे बालेन


काठमाडाैं – धरान उत्सव उद्घाटन समाराेहमा काठमाडाैंका मेयर बालेन शाह पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएपछि धरानका मेयर हर्क साम्पाङले ज्येष्ठ नागरिकबाट धरान उत्सव उद्घाटन गराएकाे समाराेहमा मेयर बालेन पुगेका हुन् । उत्सव उद्घाटन भने धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले गरेकी छन् ।

धरान स्थापनाको १२३वर्ष पुगेको अवसरमा आजबाट धरान उत्सव सुरू भएको हो । ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ । सोहीक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि धरान पुगेका हुन् । धरान उत्सवको सुरूमा विभिन्न जातजातीको संस्कृति झल्किने र्‍याली प्रदर्शन गरिएको छ ।

यसअघि धरानका मेयर हर्क साम्पाङले धरान उत्सवमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा गरेका थिए । प्रधानमन्त्रीले आउन नसक्ने जवाफ दिएपछि उनले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । हर्कले प्रधानमन्त्रीले आफूलाई अपमान गरेको गुनासो गर्दै आएका छन् ।

२०१७ सालमा नगरपालिका घोषणा भएको सम्झनामा आजदेखि ४ दिने धरानउत्सव सुरू हुँदैछ । नगरपालिका घोषणा भएको ६२ वर्ष भए पनि धरान मानव बसोबास सुरू भएको १२२औँ वर्ष पूरा भएको भन्दै १२३औ धरान उत्सव मनाउन लागिएको हो ।

प्रतिक्रिया