

मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने माग राख्दै प्रदर्शन

काठमाडौं- उपत्यका संघर्ष समितिले मेलम्चीको पानी ल्याएर नियमित वितरण गर्नुपर्ने माग गर्दै पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेको छ ।
उनीहरुले खाली भाडासहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए ।
गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ ।

