उपत्यकामा वर्षकै चिसो दिन आज


काठमाडौं – काठमाडौं उपत्यकामा आज अहिलेसम्म यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ ।

उपत्यकामा शुक्रबार बिहान न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ यसअघि हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो ।

पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस मापन भएको र यो यस सिजनको अहिलेसम्मको सबैभन्दा कम तापक्रम भएको झाले बताए ।

न्यूनतम तापक्रम घटेकाले आज काठमाडौंमा अन्य दिनको तुलनामा जाडो पनि धेरै महसुस भइरहेको छ ।

प्रतिक्रिया