

काठमाडौं जिल्ला अदालतबाट फरार कैदी खड्का पक्राउ

काठमाडौं – काठमाडौं जिल्ला अदालतबाट बुधबार हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ ।
बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए ।
डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेका खड्का बुधबार जिल्ला अदालतल लगेको बेला हतकडीसहित प्रहरीको आँखा छलेर फरार भएका थिए ।

