राष्ट्रिय सभामा भागबन्डा मिलाउन कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा


काठमाडौं – राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली काँग्रेस र माओवादीले छलफल थालेका छन् ।

छलफलका लागि काँग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’सहित काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ ।

प्रतिक्रिया