शेखर भन्छन्,  ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं ?’


काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस संकटमा पर्नसक्ने बताएका छन् । राजधानीमा आयोजित प्रजातान्त्रिक सेनानी संघको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीनवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय समिति भनौं या वडा समिति तपाईंहरू कसरी लिनुहुन्छ थाहा छैन म चाहिँ भद्दा कमिटी भन्छु ।’

शेखरले भने, ‘देश र कांग्रेस दुवैलाई सपार्न सकिन्छ । त्यसका लागि हामीले व्यक्तिवादी चरित्र छाड्न जरुरी छ । हामी आफैंमा रमाइरहेका छौं । हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हेर्नुहोस् त?’

कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काएर केन्द्रदेखि वडासम्म एक्लै चुनाव लडे कांग्रेसको भविष्य रहेको बताए । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।

प्रतिक्रिया