संघीय मन्त्री देवीले पुलिस क्लबभित्रै सुरु गरिन् अनशन


काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले पुलिस क्लबमा अनसन सुरू गरेकी छन्।

धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला हुने क्रममा सोमबार बिहान पक्राउ परेकी मन्त्री देवीले पुलिस क्लबभित्रै अनसन सुरु गरेको जनाइएको छ ।

‘धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने, पक्राउ परेका नेता–कार्यकर्तालाई अविलम्ब रिहा गरिनुपर्ने माग राखेर उहाँले अनसन सुरू गर्नुभएको छ,’ प्रहरी नियन्त्रणमै रहेका जनमत पार्टीका सचिव बिपी साहले भने।

 

प्रतिक्रिया