बस दुर्घटनामा उसु खेलाडीको मृत्यु, ११ घाइते


काठमाडौं- बस दुर्घटना हुँदा कैलालीको धनगढीस्थित जुगेडाकी एक उसु खेलाडीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

हेटौंडास्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा भएको दुर्घटनामा धनगढी १२ जुगेडाकी १८ वर्षीया निता खड्काको मृत्यु भएको जनाइएको हो ।

कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामै परेर  उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको छ ।

प्रतिक्रिया