ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाइयो


काठमाडौं- २ जनाको ज्यान जाने गरि हिजो बालकुमारीमा भएको प्रदर्शनपछि सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी अंगरक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णयसमेत भइसकेको छ ।

प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो ।

प्रतिक्रिया