आकस्मिक मन्त्रीपरिषद् बैठक बस्दै


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्क आकस्मिक बैठक बोलाएका छन्।

शुक्रबार बिहान बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडी जलेको र दिउँसो २ जना युवकको मृत्यु भएको घटनाबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।

बैठक दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया