

टिपरसँग बस ठाेक्किँदा भएको आगलागीमा परी भारतमा १३ जनाको मृत्यु

एजेन्सी – भारतको मध्य प्रदेशमा टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु भएको छ । गुना जिल्लामा भएको घटनामा अन्य १४ यात्रु घाइते भएका छन् ।
गएराति तीव्र गतिमा गुडिरहेको बस टिपरसँग ठोक्किएपछि सडकमा बजारिएको थियो ।
त्यसपछि बसमा आगलागी हुँदा अधिकांशको जलेर मृत्यु भएको हो। घाइतेहरूको शरीरका अधिकांश भाग जलेको बताइएको छ।
बस पल्टिनासाथ आगलागी भएपछि उद्धारमा समस्या भएको थियो ।

