
बागमती प्रदेश कांग्रेसबाट राष्ट्रियसभाका लागि सिफारिस भए केन्द्रीय सदस्य लामा
काभ्रे — नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारका लागि सिफारिस भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिले यही माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट लामासहित ९१ जनालाई सिफारिस गरेको हो ।
बागमती प्रदेश नेपाली कांग्रेसका सभापति इन्द्र बानियाँको अध्यक्षतामा बसेको बैठकबाट विभिन्न जिल्लाबाट प्राप्त सिफारिसलाई अध्ययन गरेर केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो ।
लामाको साथै राष्ट्रिय सभाका लागि बागमती प्रदेशबाट कलाकार नीर शाह, तरुण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेत, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललगायतका रहेको जनाइएको छ ।



कागजपत्र |
