
समाजवादी मोर्चाको बैठक पुनः साँझ बस्ने
काठमाडौं – समाजवादी मोर्चाको बैठक पुनः बुधबार साँझ ६ बजे बस्ने भएको छ।
बिहान ८ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पार्टीको कामको शिलशिलामा गोरखा जाने कार्यक्रम रहेकोले पनि बिहानको बैठक छोट्याइएको जनाइएको छ ।



कागजपत्र |
