

रुस–युक्रेनको बोर्डरमा के गर्दैछन् सागर ढकाल ?

काठमाडाैं- गत निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लडेका सागर ढकाल अहिले युक्रेनको सीमा क्षेत्रमा छन् ।
अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेनमा रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । रुस–युक्रेन बोर्डरको गाँउहरूमा ५ ठाँउ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गरिएको उनले बताएका छन् ।
‘अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु । रुस–युक्रेन बोर्डरको गाँउहरूमा ५ ठाँउ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु । सकिन आँट्यो । युक्रेनी गाँउँमा खुसीको कुरा पम्प नै नजोडी पानी आफैँ पहिलोपल्ट माथि आयो । बाँकी अन्य सामान्य काम हुने नै भए’ उनले लेखेका छन् ।
ढकाल गत निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा देउवासँग चुनाव लडेका थिए । ढकालले १३ हजार ४२ मत पाएका थिए । भने, देउवा २५ हजार ५३४ मत पाएर निर्वाचित भएका थिए ।

