सन्दीपको मुद्दाको पेसी आज, के आजै आउला त फैसला ?


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

लामो समयदेखि अन्यौलमै रहेको उक्त मुद्दाका अन्य सबै कुरा यथावत् रहेमा आज मुद्दाको किनारा लाग्ने सम्भावना प्रचुर देखिएको छ ।

यसअघिको पेसीमा अदालतले बहसनोट झिकाउने आदेश दिएपछि आजका लागि पेसी तोकिएको उक्त मुद्दाको फैसला के हुने भन्नेबारेमा आम जनचासोको विषय बनिरहेको छ ।

सन्दीपविरुद्ध गौशाला २६ नाम गरिएकी एक युवतीले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

 

प्रतिक्रिया