पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ


काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पोल्याण्ड पठाइदिन्छु भनी १ लाख ८० हजार ठग्ने एक जना पक्राउ गरेको छ ।

कार्यालयका अनुसार धनकुटा स्थायी घर भई हाल भक्तपुरको सूर्यबिनायक१३ बालकोटमा बस्दै आएका प्रदीप बुढाथोकीले कल्पना विश्वकर्मा नाम गरेकी युवतीलाई वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाइदिन्छु भनेर ठगी गरेकोले पक्राउ गरिएको हो ।

बुढाथोकीले पोल्याण्ड जानका लागि ७ लाख ५० हजार लाग्ने र मासिक १ लाख २० हजार तलब हुन्छ भनी कल्पनासँग १ लाख ८० हजार लिएर सम्पर्कबिहीन भएको जनाइएको छ । त्यसपछि कल्पनाले प्रहरीमा उजुरी दिएपछि बुढाथोकीलाई बिहीबार प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले बुढाथोकीलाई अहिले थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको पनि कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जनाए ।

प्रतिक्रिया