

धनुषामा हिरासतमै थुनुवाको मृत्यु हुँदा स्थानीय आक्रोशित, प्रहरीले चलायो गोली

धनुषा – धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु हुँदा स्थानीय बासिन्दा आक्रोशित छन्।
हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको गए राति मृत्यु भएको थियो।
हंशपुर नगरपालिका वडा नम्बर ५ सुगानिकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार, आफन्त तथा स्थानीय बासिन्दा आक्रोशित हुन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रहरीको मोटरसाइकलमा आगजनी गरेका छन्।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर शंकर मण्डल घाइते छन्। हातमा गोली लागेका उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
हंसपुर नगरपालिकाकाको कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै(झगडा हुँदा दीपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

