
भारतमा आगलागीबाट पाँच नेपाली घाइते
काठमाडौं– भारतमा आगलागी हुँदा कञ्चनपुरका पाँच घाइते भएका छन् । भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्दै आएका उनीहरु घाइते भएका हुन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ हीरापुरका सन्देश तिरुवाको परिवार आगलागीमा परी गम्भीर घाइते भएको हो । २८ वर्षीय सन्देश तिरुवा, उनको श्रीमती २६ वर्षीया निकला, तीन वर्षका छोरा रोहन, सात वर्षका रोशन र १५ वर्षका छोरी रोशनी तिरुवा जलेर घाइते भएका छन् ।
घाइतेहरुको बैंग्लोरस्थित विक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।
परिवारसहित भारतमा रोजगारी गरिरहेका तिरुवा परिवारका सदस्यको उपचारका लागि भारतमा रहेका नेपालीले सहयोग जुटाउन थालेको छन् ।



कागजपत्र |
