

सांसद चौरसियाले भने- राजनीति बढि भएर काम ढिलाे भएकाे हाे, सेनालाई मात्र दोष दिने ठाउँ छैन

काठमाडौँ – सांसद अजयकुमार चौरसियाले फास्ट ट्र्याकमा सेनालाई मात्र दोष दिने ठाउँ नभएको बताएका छन् ।
बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद चौरसियाले सो कुरा बताएका हुन् ।
उनले भने, ‘पहिला टेन्डर पाएको कम्पनीलाई हामीले काम गर्न दिएनौं। त्यसमा हामी, सरकार, मिडिया र अलिअली अदालत पनि दोषी छ। हाम्रो मुलुकमा अलि बढी प्रजातान्त्रिक अभ्यास हुन्छ, राजनीति बढि हुन्छ। यसले काम ढिलो हुन्छ।’

