पृथ्वी लोकमार्ग अवरुद्ध


धादिङ – पृथ्वी लोकमार्गस्थित नौबिसे–मुग्लिङ खण्डमा बाटो अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित लालटिन बजारस्थित लोकमार्गमा सुख्खा पहिरो खस्न गई दुवैतर्फको बाटो अवरुद्ध भएको छ ।

अहिले सडक खुलाउनका लागि प्रहरीले जेसीबी लिएर गइसकेको जनाएको छ ।

प्रतिक्रिया