सरकारका प्रवक्ताको घोषणा- विप्लव समूहको प्रतिबन्ध फुकुवा हुन्छ


काठमाडौं – सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिबन्धित विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

विप्लव समूहसँग वार्ता समिति गठनको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सञ्चार तथा सूचना प्र्रविधि मन्त्री पार्वत गुरुङले उक्त समूहमाथि सरकारको प्रतिबन्ध फकुवा गर्ने बताएका हुन् ।

मन्त्री गुरुङले नेपाल सरकार र विप्लव समूहबीच छिट्टै वार्ताको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । ‘नेपाल सरकारले यो वार्ता टोली बनाइसकेपछि विप्लव समूहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुने छ भन्ने हामी विश्वास व्यक्त गर्दछौं,’ मन्त्री गुरुङले भने । उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई सदस्य रहने गरी विप्लवसँग वार्ता गर्नका लगि दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सरकारले टोली गठन गरेपछि विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया