काठमाडौंको गोकर्णेश्वरमा पुरुषको शव फेला


काठमाडौं- काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपालीको बुधबार शव फेला परेको प्रहरीले जनाएको हो ।

उनको शव फेला परेपछि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया