

सुनसहित भारतीय पक्राउ

नेपालगञ्ज- बाँके प्रहरीले सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट ७० ग्राम सुनका विभिन्न गहना बनाएर भारततर्फ जाँदै गरेका भारत बाबागञ्जका ४० वर्षीय बब्लु भन्ने सञ्जय सोनीलाई प्रहरीले नेपालगञ्ज–१०, चारबाहिनीबाट पक्राउ गरेको हो ।
युपी ४० एयु ४१९९ नम्बरको मोटरसाइकलमा रहेका सञ्जयको साथबाट २ थान मिनि हार, एक थान मसिनो सिक्री, एक थान लकेट, कानमा लगाउने झाला ४ थान र एक थान औठी बरामद भएको छ ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, बेरुवा ३१ जोर, रातो पोते पाइप लगाएको एक थान बरामद भएको छ ।

