राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश


काठमाडौं- उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयको भवन नभत्काउन काठमाडौं महानगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरु हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले भवन नभत्काउन आदेश दिएको हो । उसले प्रक्रिया पुर्‍याएर नक्सा पासका लागि निवेदन परेमा ‘कानुन बमोजिम गर्नु’ भनी आदेश दिएको राप्रपाका तर्फबाट यो मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता कानुन व्यवसायीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाको टोली डोजर लिएर भत्काउन पुगेको थियो ।

त्यसपछि राप्रपालाई जग्गादान गर्ने जग्गादाता कल्याणी राजभण्डारी र प्रभा चापागाईंले आफ्नो जग्गामा बनेको भवन नभत्काउन माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए ।

प्रतिक्रिया