पूर्वमन्त्री गाेपाल किराँतीसहित १० जना पक्राउ


काठमाडौं- खोटाङको हलेसीबाट पूर्वमन्त्री गोपाल किराँतीसहित १० जना पक्राउ परेका छन्।

कोशी प्रदेशको नामकरणमा असन्तुष्ट नेता किराँतीसहित अभियन्ता पक्राउ परेका प्रहरीले जनाएको छ।  मङ्गलवार नेकपा (एमाले) को सङ्कल्प यात्रामा अवरोध गर्ने तयारीमा रहेका उनीहरू पक्राउ परेका हुन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले नेता किराँतीसहित १० जना पक्राउ परेका जानकारी दिए। तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखेपछि असन्तुष्ट पहिचानवादी सङ्घ–संस्थाले पुनः नामकरणको माग राख्दै आएका छन् ।

प्रतिक्रिया