दाङमा कुकुरले टाेकेकाे शङ्का गरिएका दुई बालबालिकाकाे मृत्यु


दाङ- दाङमा कुकुरले टोकेको शङ्का गरिएका दुई बालबालिकाको दुई दिनकाे अन्तरमा मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीय नरेश चौधरीकी ६ वर्षीया छोरी निलमको मङ्सिर २२ गते र गिरिराज वलीका ५ वर्षीय छोरा गम्भीरकाे हिजाे आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

उनीहरूको हातखुट्टा तथा अनुहारमा जनावरले टोकेको घाउका खत थिए । ती बालबालिकाले सानो खैरो कुकुरले टोकेको भने पनि कुकुर, जङ्गली ब्वाँसाे या स्याल केले टोकेको पुष्टि हुन सकेको थिएन ।

प्रतिक्रिया