दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट


ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । स्थानीय भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए ।

दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दैछौंँ ।’

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, ‘म पनि आगलागी क्षेत्रमा जाँदै छु ।

आगलागी भीषण छ भन्ने खबर आएको छ ।’ सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया