चितवनमा ‘हात्ती तथा पर्यटन महोत्सव’को आयोजना हुँदै


चितवन– ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आयोजना हुने भएको छ ।  यहि पुस १० गतेदेखि १४ गतेसम्म महोत्सवको आयोजना हुने क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।

४ वर्षदेखि रोकिएको महोत्सव यो वर्षबाट फेरि सुरु गर्न लागिएको हो ।  महोत्सवको १७ औँ संस्करणमा नाम परिर्वतन गर्दै ‘चितवन हात्ती तथा पर्यटन महोत्सव २०८०’ को तयारी तिव्र पारिएको उनले बताए ।

महोत्सवमा सम्पन्न गर्न संघका उपाध्यक्ष एवंम् होटल ल्याण्डमार्क ग्रुपमा अध्यक्ष ओमप्रकाश पाण्डेको संयोजकत्वमा मुल समिति बनाइएको छ ।

सौराहामा अग्रेँजी नयाँ बर्षमा पर्यटकहरुलाई आर्कषित गर्न चितवन व्राण्डको रुपमा हात्ती महोत्सव गरिँदै आएका थियो । हात्तीमैत्री सौराहा पर्यटन बनाउन हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता विशेष हुने बताइएको छ ।

प्रतिक्रिया