

मौसम खराब भएपछि आन्तरिक उडान प्रभावित

काठमाडौं- मौसमका कारणले भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको छ । भिजिविलिटी कम हुँदा देशका ४ वटा विमानस्थलको उडान प्रभावित भएको हो ।
जनकपुर, विराटनगर, भैरहवा र पोखराको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती चारै विमानस्थलमा हुस्सु लागेका कारण उडानमा ढिलाइ भएको बताइएको छ ।
मौसम सफा भएपछि मात्रै ती स्थानमा उडान भर्न सकिने बताइएको छ ।

