


सुनको भाउले राख्यो नयाँ रेकर्ड

काठमाडौं– आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ।

