मेरो ज्यान तलमाथि भए अनौठो नमान्नु, म नरहे पनि पार्टी रहन्छः प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भए, हमला भए त्यसलाई अनौठो नमान्नका लागि कार्यकर्तालाई भनेका छन्।

सोमबार गण्डकी प्रदेशमा कार्यकर्ता भेला सम्बोधन गर्ने क्रममा पोखरामा उनले भने,‘आन्दोलन र पार्टी समाप्त पार्ने कुरासँग जोडिएको छ। म नरहे पनि अचम्म नमान्नु, पार्टी रहन्छ। गतिशील हुनुपर्छ।’

अहिले नेकपाभित्रको विवाद, राजनीतिक अवस्थाको सन्दर्भलाई व्याख्या गर्दै उनले यस्तो बताएका हुन्।

प्रतिक्रिया