

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रामा किन गएनन् भीम रावल ?

काठमाडौं – आजबाट नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन् । अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए ।
अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन् । तर, गृह प्रदेशबाट सुरु भएको उक्त अभियानमा नेता डा भीम रावल भने त्यहाँ देखिएनन् ।
उनले आफूलाई औपचारिक जानकारी नगराइएकाले उपपस्थित नभएको बताएका छन् । आफूलाई सुदूपश्चिम प्रदेशका अध्यक्षले जानकारी गराएपनि पार्टी अध्यक्ष लगायतका पदाधिकारीले भने औपचारिक रुपमा आग्रह नगरेको उनले बताए । केन्द्रीय नेतृत्वबाट इच्छा भएकालाई आउन आग्रह गरिए पनि औपचारिक रुपमा कुनै जानकारी नभएकाले उपस्थित हुन नसकेको उनको भनाई छ।
एमालेको दशौं महािधवेशनमा अध्यक्ष केपी शर्माओली विरुद्ध उम्मेदवारी दिएर पराजित भएपछि रावललाई पार्टीमा कुनै जिम्मेवारी दिइएको छैन ।

