भोलि पनि तीनकुनेमा प्रदर्शन गर्ने प्रसाईंको घोषणा


काठमाडौं – गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।

ठिमीस्थित आफ्नै निवासमा शुक्रवार साढे ४ बजे पत्रकार सम्मेलन गर्दै शनिवार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए ।

उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे ।

उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे ।

प्रसाईँले आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखिएको र २७ सय जनालाई पक्राउ गरेको बताए ।

प्रतिक्रिया