राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्न आयोगको सुझाव


काठमाडौं — निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते तोक्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको संविधानको धारा ८६ को उपधारा (३० बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य १ र निर्वाचित सदस्य १९ जना)  सदस्यको मिति २०८०।११।२० मा पदावधि समाप्त हुने भएकोले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम उक्त मिति भन्दा पैंतीस दिन पहिले नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। उक्त ऐन बमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्था रहेको जनाएको छ ।

आयोगले यसअघि नै माघ ११ गतेका लागि निर्वाचन तोक्नका लागि सरकारलाई सिफारिस गरिसकेको छ ।

 

प्रतिक्रिया