नेपालले दियो जापानलाई ११४ रनको लक्ष्य


काठमाडौं – चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ ।

टस जितेर जापानले नेपाललाई ब्याटिङको निम्तो दिए पछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनाएपछि जापानलाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले ३८ रन बनाइन् भने कप्तान इन्दु बर्माले २७ रन बनाइन् । त्यस्तै नेपालका लागि काजल श्रेष्ठले १५ रन बनाउँदा पूजा महतोले १३ रन बनाइन् ।

त्यस्तै सिता रानामगर ९ रनमा आउट हुँदा अस्मिना कर्माचार्य १ रन बनाएर नटआउट रहिन् । नेपालले १० अतिरिक्त रन पाएको थियो ।

प्रतिक्रिया