
निकुञ्जको कोर क्षेत्रमा भेटियो २ गैंडा मृतावस्थामा
चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र दुईवटा गैँडा मरेको भेटिएको छ ।
निकुञ्जको चपरचुली पोष्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा खाल्डो खनेर दुई वयस्क पोथी गैँडा मारिएको अवस्थामा भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उक्त क्षेत्रमा दुई फरक खाल्डो खनी दुईवटा पोथी गैँडा मारिएको अवस्थामा भेटिएको छ ।
मारिएकोमध्ये एउटा १८ वर्ष र अर्को ६ वर्षको पोथी गैँडा छन् । दुबैको खाग भने काटिएको अवस्थामा रहेको छ ।
बिहीबार निकुञ्जको गस्ती टोलीले खाग नभएको अवस्थामा दुई गैँडा भेटेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाइएको छ ।
तस्बिर : चितवन राष्ट्रिय निकुञ्ज ।



कागजपत्र |
