महाकवि देवकोटाको ११५ औँ जन्मजयन्ती मनाइयो


काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको तिलगंगास्थीत त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । त्यस अवसरमा कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको शालिकमा पनि माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा त्रिमूर्ति निकेतनका संस्थापन तथा सदस्य सचिव नरेन्द्रराज प्रसाईले कविशिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

 

प्रतिक्रिया