गुल्सनको विस्फोटक अर्धशतक, ५४ रन बनाएर आउट


काठमाडौं – टी—२० विश्वकप छनोट प्रतियोगिताको ओमानविरुद्धको फाइनल खेलमा नेपाली ब्याट्सम्यान गुल्सन झाले विस्फोटक अर्धसतक पुरा गरेका छन् । छैठौँ नम्बरका क्रिज समाल्न आएका गुल्सनले २० बलमा अर्धसतक पुरा गरेका हुन् । उनी २५ बलमा ५४ रन बनाउदै आउट भए ।

उनले चार छक्का र पाँच चौका प्रहार गरेका छन् । ६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान राहित पौडेल र गुल्सन झाले एक सय २७ रनको स्थितिमा पुर्‍याएका छन् ।

नेपाल अहिले १७ ओभरमा ५ विकेट गुमाएर १३८ रन बनाएर खेलिरहेको छ ।

 

प्रतिक्रिया