आसिफको अर्धशतकसँगै नेपाल विश्वकप नजिक


काठमाडौं – आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालका आसिफ शेखले अर्धसतक पूरा गरेका छन्।

नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९३ रन जोडेको छ। आसिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्।

प्रारम्भिक ब्याट्सम्यान आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २६ र दोस्रो विकेटका लागि गुल्सन झासँग ४१ रनको साझेदारी गरे।

तेस्रो विकेटका लागि उनले कप्तान रोहित पौडेलसँग २७ रनको साझेदारी गरिसकेका छन्। यो खेल जितेमा नेपाल विश्वकप पुग्ने छ।

प्रतिक्रिया